साल्टको लगातार दोस्रो शतक, इंग्ल्याण्डको रेकर्ड स्कोर
ट्रिनिडाड । फिल साल्टले लगातार दोस्रो खेलमा शतक बनाउँदा इंग्ल्याण्डले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठुलो स्कोर बनाएर वेस्ट इन्डिजमाथि ७५ रनको जीत हासिल गरेको छ । जीतसँगै टोलीले शृङ्खला २–२ को बराबरीमा ल्याएको हो ।
साल्टले मात्र ५७ बलमा १ सय १९ रन बनाए । उनले यसक्रममा ७ चौका र १० छक्का हिर्काए । टी–२० अन्तर्राष्ट्रिय खेलमा कुनै पनि इंग्ल्याण्डका ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो ।
यसअघि एलेक्स हेल्सले सन् २०१४ मा श्रीलंकाविरुद्ध १ सय १६ रन बनाएका थिए । त्यस्तै, लगातार दुई टी–२० खेलमा शतक बनाउने उनी पहिलो इंग्लिस ब्याट्सम्यान पनि हुन् भने विश्वकै तेस्रो खेलाडी हुन् ।
उनलाई कप्तान जोस बटलरले ५५ रन तथा लियाम लिभिङ स्टोनले ५४ रन बनाउँदै राम्रो साथ दिए । विल ज्याक्सले २४ रनको योगदान दिएपछि इंग्ल्याण्डले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा रेकर्ड २ सय ६७ रन बनायो । यसअघि टोलीले न्युजिल्याण्डविरुद्ध सन् २०१९ मा ३ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो पाँचौँ ठुलो स्कोर पनि हो ।
जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजले भने १५।३ ओभरमा अलआउट हुँदै १ सय ९२ रन मात्र बनाउन सक्यो । आन्द्रे रसलले २५ बलमा ५१ रन बनाउँदै टोलीलाई केही आशा दिलाए पनि इंग्ल्याण्डको विशाल लक्ष्यसम्म पुग्न सकेन । निकोलस पुरनले ३९ रन तथा शेरफेन रुदरफोर्डले ३६ रनको योगदान दिए ।
इंग्ल्याण्डका लागि रिस टोपलेले ३ तथा साम करन र रेहान अहमदले २–२ विकेट लिए । टी–२० शृङ्खलामा २–० ले पछि रहेको इंग्ल्याण्डले उत्कृष्ट पुनरागमन गर्न सफल भएको छ । अब निर्णायक खेल बिहीबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण