बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

मेलम्चीको पानी ल्याउन ढिलाइ भएको विरोधमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)

बुधबार, ०४ पुस २०८०, ११ : ५१
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसंघ) काठमाडौं जिल्ला कार्यसमितिले राजधानीमा मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधवार सो सङ्गठनले मेलम्चीको पानी ल्याउन ढिलाइ भएको विरोधमा प्रदर्शन गरेको हो । 

लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलब्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । बानेश्वरको पन्चकुमारी मन्दिरबाट निस्केको विरोध र्याली आइप्लेक्स मल अगाडी पुगेर विरोध सभामा परिणत भएको थियो । 

प्रदर्शनमा सहभागीहरुले मेलम्चीको पानी हामीले कहिले खाने ?,मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गरलगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनमा नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा वितरण हुन नसकेको बताए ।

उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको जिकिर गरे।

तस्बिरहरू :

melamchi-nebisangh (1)melamchi-nebisangh (2)melamchi-nebisangh (3)melamchi-nebisangh (4)melamchi-nebisangh (5)melamchi-nebisangh (6)melamchi-nebisangh (7)melamchi-nebisangh (8)melamchi-nebisangh (9)melamchi-nebisangh (10)melamchi-nebisangh (11)melamchi-nebisangh (12)melamchi-nebisangh (13)melamchi-nebisangh (14)melamchi-nebisangh (15)melamchi-nebisangh (16)melamchi-nebisangh (17)melamchi-nebisangh (18)melamchi-nebisangh (19)melamchi-nebisangh (20)melamchi-nebisangh (21)melamchi-nebisangh (22)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप