मन्त्रिपरिषद्को निर्णय
उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
बुधबार, ०४ पुस २०८०, १३ : १२
काठमाडौँ । सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार कृषि मन्त्रालयको प्रस्तावमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय भएको छ । यस्तै ५६५ रुपैयाँ प्रतिक्विन्टल उद्योगले दिने गरी न्युनतम खरिद मूल्य तोकिएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण