जबसम्म फाष्टट्रयाक पूरा हुँदैन तबसम्म निजगढ विमानस्थलको औचित्य पुष्टि हुँदैन : सर्वेन्द्रनाथ शुक्ला
बुधबार, ०४ पुस २०८०, १४ : ५५
काठमाडौँ । सांसद सर्वेन्द्रनाथ शुक्लाले जबसम्म फाष्ट ट्र्याक पूरा हुँदैन तबसम्म निजगढ विमानस्थलको औचित्य पुष्टि नहुने बताएका छन् । उनले फास्ट ट्र्याकले अर्थतन्त्रमा ठुलो टेवा पुग्ने बताए ।
बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले भने, ‘फास्ट ट्र्याकले अर्थतन्त्रमा ठुलो टेवा पुग्ने देखिन्छ। जबसम्म यो बाटो पूरा हुँदैन तबसम्म निजगढ विमानस्थलको औचित्यपूर्ण हुँदैन। प्रारम्भिक बिन्दु खोकना अत्यन्त जटिल छ। जटिलता फुकाउने प्रयास के भयो त ? समस्या समाधान सेनाको हातमा मात्रै छैन।’
उनले आज उठेको प्रश्नको जवाफ राजनीतिक नेतृत्वले दिनुपर्ने समेत बताए । ‘आज उठेको प्रश्नको जवाफ राजनीतिक नेतृत्वले दिनुपर्छ तर मन्त्री हुनुहुन्न।’ उनले यो विषयमा नेपाल सरकारभित्रै समन्वय भएको नदेखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण