आईसीसी वरीयतामा हार्दिक पाण्डेयाभन्दा अगाडि नेपालका दुई ब्याट्सम्यान
काठमाडौँ । आईसीसीको पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्डेया र शिखर धवनभन्दा अगाडि छन् । आईसीसीको पछिल्लो एकदिवसीय ब्याट्सम्यानहरुको वरीयतामा नेपालका आसिफ शेख ७२ औँ र रोहितकुमार पौडेल ७९ औँ स्थानमा छन् ।
उक्त वरीयतामा भारतका शिखर धवन ८७ औँ स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा तीन स्थान तल झरेका हुन् । अर्का भारतीय ब्याट्सम्यान हार्दिक पाण्डेया भने ९१ औँ स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा एक स्थान तल झरेका हुन् । उनी इन्डियन प्रिमियर लिग क्लब मुम्बई इन्डियन्सका नयाँ कप्तान पनि हुन् ।
यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल नयाँ वरीयताको ९६ औँ स्थानमा छन् । उक्त वरीयतामा अफगानिस्तानका नजिबुल्लाह जदरान ८०औँ, अफगानिस्तानकै मोहम्मद नाबी ८१औँ र वेस्ट इन्डिजका ब्रान्डन किङ ८२ औँ स्थानमा छन् । पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन् । उनी भारतका युवा ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन् । भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा आसिन छन् ।
यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन् । यसैगरी एकदिवसीय बलिङ वरीयतामा नेपालका लेग–स्पिनर सन्दीप लामिछाने ३२ औँ स्थानमा छन् । वेस्ट इन्डिजका चर्चित खेलाडी अल्जारी जोसेफ ३३ औ, श्रीलंकाका दिलसान मदुसानका ३५ औँ, इङ्ल्यान्डका रिसे टपली ३७औँ, बंगलादेशका मेहदी हसन ३८ औँ र पाकिस्तानका मोहम्मद वसिम ४१ औँ स्थानमा छन् ।
एकदिवसीय बलिङ वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो, अस्ट्रेलियाका जोस हेजलउड दोस्रो, भारतका मोहम्मद सिराज तेस्रो, अस्ट्रेलियाका एडम जाम्पा चौथो, भारतका जसप्रित बुमराह पाँचौँ, अफगानिस्तानका रासिद खान छैटौँ, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट सातौँ, भारतका कुलदीप यादब आठौँ, पाकिस्तानका साहिन शाह अफरिदी नवौँ र अफगानिस्तानका मोहम्मद नाबी दशौँ स्थानमा आसिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण