लिभरपुल इएफएल कपको सेमिफाइनलमा

काठमाडौँ । इङ्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधवार राति वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
लिभरपुल सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चारमा पुग्ने सबै टिमको टुंगो लागेको छ । यसअघि चेल्सी, फुलह्याम र मिडिल्सवर्गले सेमिफाइनलमा स्थान बनाएका थिए ।
बुधबार राति वेस्टह्यामविरुद्ध लिभरपुललाई जित दिलाउन लिभरपुरका कुर्टिस जोन्सले २ गोल गर्दा डोमोनिक, म्याथेस गाकपो र मोहमद सलाहले एक एक गोल गरेका थिए ।
वेस्टह्यामका जारोड बोविनले एक गोल फर्काए । २८ औँ मिनेटमा डोमोनिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा ४ गोल थप्दा १ गोल बेहोरेको थियो ।
५६ औँ मिनेटमा कुर्टिसले गोल गर्दै अग्रता दोब्बर बनाए । गाकपोले ७१ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो । ७७ औँ मिनेटमा वेस्टह्यामा जारोडले गोल फर्काउँदै अन्तर ३–१ बनाएका थिए । यसैगरी मोहमद सलाहले ८२ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ ले अघि बढेको थियो ।
८४ औँ मिनेटमा कुर्टिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए ।
अब इएफएल कपको सेमिफाइनल खेलको पहिलो लेग जनवरी ९ र दोस्रो लेग जनवरी २३ मा हुने छ । सेमिफाइनलमा चेल्सी र मिडिल्सवर्ग तथा लिभरपुल र फुलह्यामले खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग