लिभरपुल इएफएल कपको सेमिफाइनलमा
काठमाडौँ । इङ्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधवार राति वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
लिभरपुल सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चारमा पुग्ने सबै टिमको टुंगो लागेको छ । यसअघि चेल्सी, फुलह्याम र मिडिल्सवर्गले सेमिफाइनलमा स्थान बनाएका थिए ।
बुधबार राति वेस्टह्यामविरुद्ध लिभरपुललाई जित दिलाउन लिभरपुरका कुर्टिस जोन्सले २ गोल गर्दा डोमोनिक, म्याथेस गाकपो र मोहमद सलाहले एक एक गोल गरेका थिए ।
वेस्टह्यामका जारोड बोविनले एक गोल फर्काए । २८ औँ मिनेटमा डोमोनिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा ४ गोल थप्दा १ गोल बेहोरेको थियो ।
५६ औँ मिनेटमा कुर्टिसले गोल गर्दै अग्रता दोब्बर बनाए । गाकपोले ७१ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो । ७७ औँ मिनेटमा वेस्टह्यामा जारोडले गोल फर्काउँदै अन्तर ३–१ बनाएका थिए । यसैगरी मोहमद सलाहले ८२ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ ले अघि बढेको थियो ।
८४ औँ मिनेटमा कुर्टिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए ।
अब इएफएल कपको सेमिफाइनल खेलको पहिलो लेग जनवरी ९ र दोस्रो लेग जनवरी २३ मा हुने छ । सेमिफाइनलमा चेल्सी र मिडिल्सवर्ग तथा लिभरपुल र फुलह्यामले खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण