पारिवारिक कथामा फिल्म बनाउँदै निखिल
काठमाडौँ । अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । सामाजिक पारिवारिक विषयमा उनले फिल्म निर्माण तयारी गरेका हुन् ।
छिट्टै छायाङ्कन जाने गरेर फिल्म निर्माणको तयारी गरिरहेको निखिलले बताए । ‘फिल्मका लागि तीन गीत रेकर्ड गरिसके । अन्य तयारी गरिरहेको छु’, निखिलले थपे ‘मेरो अबको फिल्ममा म बुबा र सञ्चिता आमाको भूमिकामा हुनेछिन् ।’ छोराछोरीको पनि फिल्ममा अभिनय रहने उनले सुनाए ।
‘मेरो फिल्म एउटा परिवारको कथा हो । तर नेपालमा अहिले बनेको भन्दा भिन्न छ’, निखिलले थपे ‘पुरै मनोरञ्जन दिने उद्देश्यले फिल्म बन्नेछ,’ उनले भने, ‘अहिलेको बच्चाबच्चीले गरिरहेको क्रियाकलाप सबैभन्दा ठुलो इन्सिडेन्ट, जो देशले याद गर्न सकिरहेको छैन । त्यो फिल्मले देखाउँछ ।’
फिल्म व्यावसायिक दृष्टिकोणबाटै निर्माण गर्ने सोच उनको छ । फिल्मको नाम पनि जुरिसकेको छ । तर अहिलेलाई गोप्य राख्ने उनले बताए ।
एक समय एक्सनमा राम्रो जमेका अभिनेता निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा अगाडि देखिँदै आएका छन् ।
केही अगाडिबाट ‘समबोधी अभियान’को समेत थालनी गरेका उनले पछिल्लो समय ‘भैरव’ बनाएका थिए । भैरवपछि ‘पिँजडा ब्याक अगेन’ अभिनय गरेका उनले केही अगाडि ‘भैरव’को सिक्वेल निर्माण गर्ने बताएका थिए । अहिले भने नयाँ फिल्म गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण