नवनियुक्त ६ जना न्यायाधीशहरुले लिए प्रधानन्यायाधीशबाट शपथ
बिहीबार, ०५ पुस २०८०, १५ : ४०
१
काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै बुधवार राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए । बुधवार नियुक्त भएका न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण