कस्तूरीको दुई थान बिनासहित एक व्यक्ति पक्राउ
बिहीबार, ०५ पुस २०८०, १७ : ३३
काठमाडौँ । कस्तूरीको बिनासहित कैलालीबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका १ पाखिरका ४५ वर्षीय दानबहादुर विक रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर, कञ्चनपुरको टोलीले कस्तूरीको बिना कारोबारमा संलग्न रहेका विकलाई पुस ५ गते पक्राउ गरेको हो । कस्तूरीको बिना कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा खटिएको प्रदेश प्रहरीको टोलीले विकलाई कैलालीको सहजपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका विकको साथबाट दुई थान बिना बरामद गरिएको प्रहरीले जनाएको छ ।
नेपालमा कस्तूरीको बिनाको कारोबार अवैध छ । कस्तूरीलाई मारी त्यसको सुगन्धका लागि भन्दै बिनाको तस्करी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण