सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीमा रामकुमारीको जिम्मेवारी परिवर्तन

बिहीबार, ०५ पुस २०८०, २२ : ००
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिव समेत रहेकी नेतृ रामकुमारी झाँक्रीको यसअघिको जिम्मेवारी हेरफेर गरेको छ ।

गत असोज ५–७ को सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्य विभाजनसहित जारी गरेको अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेश अन्तर्गत युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकेका थिए ।

एकीकृत समाजवादीले उक्त अपानिलाई संशोधन गर्दै पुस ४ गते जारी गरेको अपानिमा भने झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजनको जिम्मा दिइएको छ । योसँगै झाँक्रीको जिम्मेवारी पहिलेको तुलनामा थपिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप