बागमती प्रदेशको कृषिसम्बन्धी विधेयकमाथि छलफल
काठमाडौँ । बागमती प्रदेशको कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।
बागमती प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको सो विधेयकमा दिगो कृषिमा आधारित विकेन्द्रित कृषि संरचना, आयात प्रतिस्थापन जोडिनु पर्ने सुझाव दिइएको छ । खाद्यका लागि कृषि अभियानले सो विधेयकमाथि छलफल गरेको हो । विधेयक माथिको नागरिक प्रस्तावना पेस गर्दै खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषि प्रधान देश भएतापनि देशले धेरै विषयहरु गुमाउँदै गएको बताए । विधेयकको प्रस्तावनाबाटै समयमा नै संशोधन गर्नका लागि अधिकारीले आग्रह गरे ।
राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रिता वास्ताकोटीले खाना, खेतीपातीको क्षेत्रमा रहेका वर्तमान संकटहरुमाथि प्रकाश पार्दै दिगो कृषिमा आधारित विकेन्द्रित कृषि संरचना र आयात प्रतिस्थापनमा जोड दिनुपर्ने उल्लेख गरिन् ।
छलफलमा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्यहरु श्रीराम लामिछाने, वसन्त मानन्धर, उर्मिला कुमारी लामा, रघुनाथ महर्जन, संगिता खड्गि, मिना पराजुली पोखरेल, धनेश्वरी प्रजापति, विन्दु श्रेष्ठ, सकुन्तला श्रेष्ठ लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण