संस्कृति मन्त्री किराँतीविरुद्ध पोखरामा प्रदर्शन
बिहीबार, ०५ पुस २०८०, १९ : ४५
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको अभिव्यक्तिविरुद्ध पोखरामा पनि प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले पृथ्वीचोकमा राँके जुलुससहित किराँतीको पुत्ला दहन गरेको हो ।
किराँतीले संविधानको धारा ४ को ठाडो उल्लंघन गरेको आरोप राप्रपाको छ । धारा ४ मा धर्म परिवर्तनलाई दण्डनीय भनिएको छ । राप्रपा कास्कीका प्रवक्ता समेत रहेका अरुण गिरीले किराँतीको राजीनामा हुनुपर्ने बताए ।
‘किराँतीले संविधानको ठाडो उल्लंघन मात्रै गरेका छैनन् । सार्वजनिक रुपमा क्रिश्चियन धर्म मान्न दवाव समेत दिएका छन्,’ उनले भने, ‘यस्तो अभिव्यक्ति दिनेमाथि कारबाही हुनुपर्छ । उनले राजीनामा दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण