टर्कीमा १३ जना संदिग्ध पक्राउ

इस्तानबुल । टर्की प्रहरीले बिहीबार इस्तानबुलबाट १३ जना संदिग्धहरूलाई गिरफ्तार गरेको छ ।
सन् २०१६ को असफल 'कू' को प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको अवैध सञ्जालसँग सम्बन्ध रहेको पनि देखिएको छ ।
निजी टर्की प्रसारक एनटीभीका अनुसार प्रहरीले केही संदिग्ध व्यक्तिहरू अमेरिकामा आधारित टर्की प्रचारक फेथुल्लाह गुलेनको नेतृत्वमा सञ्चालित आन्दोलनको सेलको रूपमा चिनिने घरहरूमा बसेको पनि पत्ता लगाएको छ।
संदिग्ध व्यक्तिहरूले गुलेन आन्दोलनको 'इन्क्रिप्टेड मेसेजिङ एप बाइलक' प्रयोग गर्ने गरेको देखिएको छ । साथै उनीहरूले सो संगठनभित्र सक्रिय भूमिका खेलेको पनि पाइएको छ ।
टर्की सरकारले गुलेन आन्दोलनलाई राज्यको कर्मचारीतन्त्रमा घुसपैठ गरेको र त्यसपछि सन् २०१६ जुलाई १५ मा 'कू' को प्रयास गरेको उल्लेख गरेको छ ।
सरकारले 'कू' प्रयासपछि सञ्जालसँग सम्बन्ध रहेको संदिग्ध व्यक्तिहरूमाथि व्यापक कारवाही शुरु गरेको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन