टर्कीमा १३ जना संदिग्ध पक्राउ
इस्तानबुल । टर्की प्रहरीले बिहीबार इस्तानबुलबाट १३ जना संदिग्धहरूलाई गिरफ्तार गरेको छ ।
सन् २०१६ को असफल 'कू' को प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको अवैध सञ्जालसँग सम्बन्ध रहेको पनि देखिएको छ ।
निजी टर्की प्रसारक एनटीभीका अनुसार प्रहरीले केही संदिग्ध व्यक्तिहरू अमेरिकामा आधारित टर्की प्रचारक फेथुल्लाह गुलेनको नेतृत्वमा सञ्चालित आन्दोलनको सेलको रूपमा चिनिने घरहरूमा बसेको पनि पत्ता लगाएको छ।
संदिग्ध व्यक्तिहरूले गुलेन आन्दोलनको 'इन्क्रिप्टेड मेसेजिङ एप बाइलक' प्रयोग गर्ने गरेको देखिएको छ । साथै उनीहरूले सो संगठनभित्र सक्रिय भूमिका खेलेको पनि पाइएको छ ।
टर्की सरकारले गुलेन आन्दोलनलाई राज्यको कर्मचारीतन्त्रमा घुसपैठ गरेको र त्यसपछि सन् २०१६ जुलाई १५ मा 'कू' को प्रयास गरेको उल्लेख गरेको छ ।
सरकारले 'कू' प्रयासपछि सञ्जालसँग सम्बन्ध रहेको संदिग्ध व्यक्तिहरूमाथि व्यापक कारवाही शुरु गरेको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण