शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

ढुङ्गाले रगडेर बच्चालाई गोरो बनाउन खोज्दा आमा फन्दामा

सोमबार, २६ चैत २०७४, १३ : ४९
सोमबार, २६ चैत २०७४

एशियाका धेरैजसो देशका मानिसहरुले गोरो छालालाई सुन्दरताको प्रतिक मान्छन् । गोरो रंग पाउनका लागि कसैले फेयरनेस क्रिमको प्रयोग गर्दछन् भने कतिले विभिन्न तरिका अपनाउँछन् । गोरो रंग पाउनका निम्ती मानिसहरु विभिन्न काम गर्ने गर्दछन् । यस्तै अचम्मको एक घटना सार्वजनिक भएको छ ।

भारतको भोपालमा एक आमाले आफ्ना पाँच वर्षीय छोरालाई गोरो बनाउनका लागि ढुङ्गाले रगडेकी छिन् ।

बालकलाई ती महिलाले उत्तराखण्डबाट धर्मपुत्रको रुपमा स्विकार गरेको बताइन्छ । यद्यपी, उनलाई घरमा ल्याएदेखि ती महिलालाई बालकको छालाको रंग चित्त नबुझेको र बालकको छाला गोरो बनाउन विभिन्न तरिका अपनाएको बताइएको छ । यसैक्रममा एक वर्ष अघि एक महिलाले बालकलाई कालो ढुङ्गाले रगड्दा गोरो हुने सल्लाह दिएपछि उनले त्यसो गर्न थालेको भारतीय समाचार माध्यमले बताएको छ ।

ती महिलाकी भतिजीले यसबारे पुलिसलाई जानकारी दिएकी हुन् । एक वर्षदेखि आफ्ना भाइलाई दिएको तनाव हेर्न नसकेर शोभना शर्माले निशातपुरा पुलिसलाई खबर गरेको बताइन् । एक हप्ताअघि ती बालकलाई उद्धार गरिएको बताइएको छ  ।

आरोपी सुधा तिवारी सरकारी विद्यालयकी शिक्षिका हुन् । उनका श्रीमान् एक नीजि कम्पनीमा कार्यरत छन् । यी दुईले मातृछाया नामक अनाथालयबाट ती बालक ल्याएका हुन् ।

शोभनाले टाइम्स अफ इन्डियालाई भनिन्, ‘बच्चालाई भोपाल ल्याएदेखि नै मेरी आन्टीलाई छोराको रंग मनपरेको थिएन । त्यसकारण उनले विभिन्न तरिका अपनाउन थालिन् । एक वर्षअघि एक महिलाले कालो ढुङ्गाले रगटे बच्चाको छाला गोरो हुने बताएपछि उनले त्यसो गर्न थालिन् । बच्चाको पाखुरा, कुम, पिठ्युँ र खुट्टामा ठूलै चोट लागेको छ ।’

बालकको हमिदिया अस्पतालमा उपचार गराएर चाइल्ड लाइन सेन्टर पठाइएको समाचारमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप