धनुषामा एक जनाको मृत्यु भएपछि तनाव, प्रहरीले गोली चलायो
धनुषा । धनुषाको हंसपुरमा एक जनाको मृत्यु भएपछि तनाव भएको छ । चोरीको विषयमा विवाद हुँदा दुई पक्षबिच बिहीबार साँझ झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबिच झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
चोरीको विषयमा विवाद भएपछि प्रहरी कार्यालयमा ल्याएर छलफल समेत गराइएको थियो । तर स्थानीयले भने प्रहरीले हिरासतमा लिई कुटपिट गरेपछि मण्डलको मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन् ।
स्थानीयहरु तोडफोडमा उत्रिएपछि प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । शंकरको हातमा गोली लागेको छ ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण