धनुषामा एक जनाको मृत्यु भएपछि तनाव, प्रहरीले गोली चलायो

धनुषा । धनुषाको हंसपुरमा एक जनाको मृत्यु भएपछि तनाव भएको छ । चोरीको विषयमा विवाद हुँदा दुई पक्षबिच बिहीबार साँझ झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबिच झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
चोरीको विषयमा विवाद भएपछि प्रहरी कार्यालयमा ल्याएर छलफल समेत गराइएको थियो । तर स्थानीयले भने प्रहरीले हिरासतमा लिई कुटपिट गरेपछि मण्डलको मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन् ।
स्थानीयहरु तोडफोडमा उत्रिएपछि प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । शंकरको हातमा गोली लागेको छ ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *