सहकर्मी महिलालाई झापड हान्ने संसद् सचिवालयका उपसचिवलाई सोधियो स्पष्टीकरण
काठमाडौँ । सङ्घीय संसद् सचिवालयमा कार्यरत उपसचिव रामप्रसाद गैरेलाई स्पष्टीकरण सोधिएको छ । सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेपछि उनलाई स्पष्टीकरण सोधिएको छ ।
गत मङ्सिरमा संसद् सचिवालयले प्रकाशन गरेको एक प्रतिवेदनमा आफ्नो नाम छुटाएको झोकमा उनले महिला सहकर्मीलाई झापड हानेका थिए । संसद् सचिवालयको कर्मचारी प्रशासन महाशाखाले उनलाई सो प्रकरणमा स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरणमा उनले आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन् । उनीमाथि विभागीय कारबाही गर्ने तयारी रहेको कर्मचारी प्रशासन महाशाखा प्रमुख डा.रोजनाथ पाण्डेले जानकारी दिए ।
गैरेलाई सङ्घीय संसद् सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार २ वर्षसम्म बढुवा रोक्का वा ५ ग्रेड तलब वृद्धि रोक्का मध्ये कुनै कारबाही गरिने उनले बताए । झापड हान्ने गैरेलाई कारबाहीको भागीदार किन नहुने भन्दै अर्को पत्र काटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण