शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मिस नेपाल श्रीच्छा भन्छिन्– ‘मलाई नेपाली पहिरन नै मन पर्छ’

शुक्रबार, ०६ पुस २०८०, १६ : ५७
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मन पर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मूल्यमा नेपाली पहिरन मिल्ने भएकोले  सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन् ।

शुक्रवारबाट ललितपुरको जावलाखेलस्थित सञ्चालनमा आएको क्वीन कलेक्सन उद्घाटन गर्दै प्रधानले नेपाली पहिरन धेरै कुरामा सोचेर, सजिलो र स्वास्थ्यको दृष्टिले समेत निर्माण हुने भएकोले प्रयोग गर्न सजिलो समेत रहेको उनको भनाइ थियो ।

‘म नेपाली बुटिकहरुकै फेसन प्रयोग गर्छु । किनभने त्यहाँ मूल्य सुहाउँदो र सबैले तिर्न सक्ने हुन्छ’, उनले भनिन् ‘बुटिकमा आफूले चाहेजस्तो डिजाइन छान्न र बनाउन सकिन्छ ।’ ग्राहक प्रतिको जिम्मेवारीमा अन्य भन्दा बुटिक अलि बढी जिम्मेवार हुने गरेको आफूले पाएको उनले सुनाइन् ।

‘बुटिका पहिरन एकदमै कलरफुल, युनिक डिजाइन हुन्छ ।  अहिलेका हामी युवाले पहिलेका कल्चर पहिरन प्रयोग गर्दा अर्कै किसिमको गर्व फिल हुन्छ । त्यही कारणले पनि म नेपाली पहिरनमा रमाउँछु’ उनले थपिन् ।

प्रधान ‘मिस वर्ल्ड’ को तयारी गरिरहेकी छन् । ‘मिस वर्ल्ड’ को प्लेटफर्ममा पनि उनले नेपाली विभिन्न कला संस्कृति र वातावरण झल्कने पहिरन प्रयोग गर्ने सोचमा छिन् । त्यसका लागि उनले नेपाली डिजाइनर, त्यो पनि आइआइएफटी स्कुल अफ फेसनसँगको छलफलमा छिन् । मिस नेपालमा पनि आइआइएफटीको सहकार्य रहेकोले मिस वर्ल्डका लागि सहकार्य गर्ने सोच बनाएको उनले बताइन् ।

क्वीन कलेक्सन मेनका रानाले सञ्चालनमा ल्याएकी हुन् ।  मेनका आइआइएफटी स्कुल ओफ फेसन ललितपुरकी विद्यार्थी हुन् । आफूले अध्ययन गरेर सिकेको कुरा प्रयोग गर्ने र फेसनमा सेवा दिने उद्देश्यले क्वीन कलेक्सन सञ्चालनमा ल्याएको रानाले बताइन् ।

‘मलाई सानैदेखि फेसनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । फेसनको विभिन्न कुरा बुझ्दै जाँदा आइआइएफटी स्कुल अफ फेसनसँग जोडिए’, रानाले भनिन् ‘त्यहाँ सिकेको कुरा बाहिर ल्याउन र फेसनमा नयाँ टेष्ट दिन बुटिक खोले ।’ फेसनमा गुणस्तरीय र आकर्षक पहिरन सस्तो मूल्यमा उपलब्ध दिन बुटिक सञ्चालन ल्याएको उनको भनाइ छ ।

‘मेरो बुटिक भिआइपीदेखि सर्वसाधारणसम्म सबैका लागि हो । मेरो उद्देश्य फेसनमा सबैको पाँच होस् भन्ने छ’ उनले अगाडि थपिन्– ‘हामी मानिसको इच्छा अनुसारको डिजाइन समेत तयार गरेर दिन्छौ ।’

कार्यक्रममा आइआइएफटी स्कुल ओफ फेसन इन्तेरिओर डिजाइनका कार्यकारी प्रबन्धक बिपना थापाले आफ्नो स्कुलको विद्यार्थीले व्यावसायिक रूपमा अगाडि बढेको देख्दा खुसी लागेको बताइन् । उनले मेनकाको आट र क्रियाशीलताबाट आफू प्रभावित भएको बताउँदै आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखिन् । 

क्वीन कलेक्सनमा महिलाले फेसनका लागि सबै प्रकारको सेवा प्राप्त गर्न सक्नेछन् । नेपाली पहिरन र कल्चरलाई विशेष प्राथमिकता राखेको यो कलेक्सनमा कल्चरल, फर्मल, पार्टीवेयर, क्याजुअलदेखि सबै प्रकारको ड्रेस पाउन नयाँ बनाउन सकिनेछ । 

विश्व बजारमा चलेका र आकर्षक डिजाइन समेत उपलब्ध हुने बुटिकमा आफूलाई मन पर्ने डिजाइन उचित मूल्यमा तयार गर्न लगाउन पनि सकिनेछ । बुटिकले आफ्नो डिजाइनमा क्वालिटी र रंग संयोजनमा समेत विशेष ध्यान दिने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप