‘फाइटर’को ‘इश्क जैसा कुछ’ गीतमा ऋतिक र दीपिकाको रोमान्टिक अवतार
मुम्बई । अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’को दोस्रो गीत रिलिज गरिएको छ । ‘इश्क जैसा कुछ’ बोलको गीतमा ऋतिक र दीपिका ग्ल्यामरस लुक्समा देखिएका छन् । समुन्द्रको किनारमा खिचिएको गीतमा दुवै कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
गीतमा संगीत विशाल शेखरले दिएका हुन् । शेखरको अलवा शिल्पा रावको पनि स्वर गीतमा छ । ‘फाइटर’ भारतको पहिलो हवाई एक्सन फिल्म बताइएको छ । गीत सार्वजनिक भएलगतै विभिन्न प्रतिक्रिया मिलिरहेको छ । एक युजर्सले डान्सका किङ र ब्युटी क्वीन एकसाथ भनेर कमेन्ट गरेका छन् ।
अर्का एक युर्जसले वा भन्दै गीतको तारिफ गरेका छन् । उनले बलिउड फिल्मको गीतमा यस्तो सुहाउँदो केमेस्ट्री अहिलेसम्म नदेखेको समेत लेखेका छन् । कतिपयले ऋतिकको नृत्यको समेत तारिफ गरेका छन् ।
फिल्मको केही अगाडि टिजर सार्वजनिक भएको थियो । जसमा ऋतिक, दीपिका र अनिल कपुर एयर फोर्स अफिसरको रूपमा देखिएका थिए । सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरीमा रिलिज हुनेछ । फिल्म मार्फत पहिलो पटक ऋतिक र दीपिका एकसाथ देखिन लागेका हुन् । फिल्ममा करण सिंह ग्रोवर र अक्षय रोबरायको पनि मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण