मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस मधेस प्रदेश सम्मेलनमा नेता गुप्ता सम्मानित

शनिबार, ०७ पुस २०८०, ११ : ५७
शनिबार, ०७ पुस २०८०

जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेको छ । पुस ५ र ६ गते भएको प्रदेश सम्मेलनको उत्कृष्ट प्रचार-प्रसार गरेकोमा प्रदेश सभापति कृष्णप्रसाद यादवले सम्मान गरेका हुन् । 

सम्मेलनको बन्दसत्रमा गुप्ताको कामको सबै नेताहरूले प्रशंसा गरेका थिए । शारीरिक अपांगताका भएपनि पार्टीको लागि गुप्ता अवरात्र खट्ने गरेको नेताहरूको भनाइ थियो ।  

कांग्रेस मधेस प्रदेशले प्रदेश सम्मेलनको प्रचारप्रसार स्थानीय भाषामा मैथली, भोजपुरी, नेपाली र बाजिका गरि चार भाषामा र समाजिक संजाल  विभिन्न सचारमाध्यमबाट प्रचार-प्रसार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप