हमासको समर्थनमा यमनमा विशाल प्रदर्शन
शनिबार, ०७ पुस २०८०, १२ : ४७
साना । यमनको राजधानी सानामा शनिबार हमासको समर्थनमा विशाल प्रदर्शन भएको छ । राजधानी सानासहित यमनको अधिकांश भूभाग इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा छ । जसले हमासलाई समर्थन गर्ने घोषणा गरेका छन्।
हुथी विद्रोहीले लाल सागर हुँदै जाने मालवाहक जहाजमा ड्रोन र रकेटले आक्रमण गरिरहेका छन् । उनीहरूले इजरायल जान लागेका जहाजहरूलाई आक्रमण गरिरहेको बताएका छन्। यसपछि जहाजबाट सामान ओसारपसार गर्ने विश्वका धेरै ठुला कम्पनीहरूले लाल सागर पार नगर्ने घोषणा गरेका छन् । यसैबिच अमेरिकाले जहाज बचाउन नौसेना अभियान सुरु गरेको छ ।

इजरायल र हमास बिचको युद्ध अक्टोबर ७ पछि सुरु भएको थियो जब हमासले इजरायलमा आक्रमण गर्यो । उक्त आक्रमणमा १२ सयभन्दा बढी इजरायली मारिएका थिए । त्यसपछि इजरायलले गाजामा गरेको आक्रमणमा हालसम्म २० हजारभन्दा बढी मानिस मारिएको हमासको दाबी छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण