हमासको समर्थनमा यमनमा विशाल प्रदर्शन
शनिबार, ०७ पुस २०८०, १२ : ४७

साना । यमनको राजधानी सानामा शनिबार हमासको समर्थनमा विशाल प्रदर्शन भएको छ । राजधानी सानासहित यमनको अधिकांश भूभाग इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा छ । जसले हमासलाई समर्थन गर्ने घोषणा गरेका छन्।
हुथी विद्रोहीले लाल सागर हुँदै जाने मालवाहक जहाजमा ड्रोन र रकेटले आक्रमण गरिरहेका छन् । उनीहरूले इजरायल जान लागेका जहाजहरूलाई आक्रमण गरिरहेको बताएका छन्। यसपछि जहाजबाट सामान ओसारपसार गर्ने विश्वका धेरै ठुला कम्पनीहरूले लाल सागर पार नगर्ने घोषणा गरेका छन् । यसैबिच अमेरिकाले जहाज बचाउन नौसेना अभियान सुरु गरेको छ ।
इजरायल र हमास बिचको युद्ध अक्टोबर ७ पछि सुरु भएको थियो जब हमासले इजरायलमा आक्रमण गर्यो । उक्त आक्रमणमा १२ सयभन्दा बढी इजरायली मारिएका थिए । त्यसपछि इजरायलले गाजामा गरेको आक्रमणमा हालसम्म २० हजारभन्दा बढी मानिस मारिएको हमासको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता
-
हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण
-
‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन, कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आयाे’