विकल वाङ्मय पुरस्कार त्रिपाठीलाई
काठमाडौँ । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रा.डा वासुदेव त्रिपाठीलाई अर्पण गरेको छ । शनिबार प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी (हाल गोकर्णेश्वर—९) मा १५ औँ विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । पुरस्कारको राशि नगद ५० हजार रहेको छ ।
सोही अवसरमा विकलका नाममा स्थापित अन्य पुरस्कारहरू पनि विभिन्न स्रष्टा तथा संस्थालाई प्रदान गरियो । जस अनुसार रमेश विकल–सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २० हजार रहेको छ ।
यसै गरी रमेश विकल सृजना पुरस्कार माधव काफ्ले (रौतहट) लाई प्रदान गरियो भने रमेश विकल बाल साहित्य पुरस्कार रामबाबु सुवेदी (कास्की) लाई दिइयो । साथै रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार सत्यदेवी खड्का (दैलेख) ले हात पारिन् भने रमेश विकलकला–सङ्गीत पुरस्कार कलाकार सुवास गजुरेललाई प्रदान गरियो) । यी सबै पुरस्कारको राशि नगद १० हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण