क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा
काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिएको छ । सो गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिने निर्णय गर्दै सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत आफ्नो गाउँपालिकामा इसाई धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकोले ३ दिन बिदा दिइएको बताएका छन् ।
उनले हर्षोल्लासका साथ मनाइने महान चाड क्रिसमसको उपल्यक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण