आमाको माया
आमा तिमी ब्युँझिन्छौ झुल्कोपूर्व बिहानी
आमा तिमी पुजा गर्छ्यौ सन्तानको सपनी
आफू मेटिई बनाउँछौ सन्तान हिँड्ने बाटो,
परिश्रमले भरेकी छ्यौ भविष्यकै सुन्दर गोरेटो ।
तिम्रो सपना, मलाई फुलाउने,
तिम्रो चाहना कोपिलाको रक्षा गर्ने,
तिम्रो आनन्द मेरो मिठो मुस्कान अनि
तिम्रो उमङ्ग मेरो चञ्चलताभित्र चित्र कोर्ने ।
तिमी शक्तिकी देवी मेरो हौसलाको,
तिमी प्राण पखेरु मेरो जीवन भित्र र बाहिरको,
तिमी रक्षा कवच मेरो सङ्घर्षको,
तिमी साक्षात् सफल बिन्दु मेरो शिखरको ।
तिमी सृष्टिकै सुन्दर आकृति,
आँशुको तलाउ बनाएर पनि शीतलता दिन सक्ने
तिमी कोमल हृदयकी धनी,
आफू जली सन्तानलाई उज्यालो दिन सक्ने ।
तिमी जगत जननी, तिमी सुन्दर परी,
तिमी अटल अमर, कहिले नमेटिने,
स्मृतिमा बिराजमान सुन्दरी,
तिम्रो निःस्वार्थ प्रेम ब्रह्माण्डको सुन्दर नगरी ।
तिम्रै पसिनाले त धर्ती सिञ्चित भएको छ,
तिम्रो अश्रुधाराले खहरे पनि धमिलिन्छ,
तिम्रो चिन्ताले सौर्य किरणसमेत रोकिन्छ,
तिम्रो दिव्यताले जगत भरी दीपको ज्योती बल्छ ।
तिमी जननी अन्जान कोपिलामा जीवन भर्ने,
तिमी चित्रलेखा सन्तानमा रङ्ग भर्ने,
तिमी माली, सुन्दर बगैँचा सिँगार्ने,
तिमी ममताकी खानी दर्दमा कवच बन्ने ।
तिम्रो अगाडि नतमस्तक छ संसार सारा,
तिम्रो दृष्टिले ब्रह्माण्ड लाग्छ कति सुन्दर,
तिम्रो ममताको आँचल, कति बहुमूल्य,
तिम्रो सुगन्ध पाएर त जीवन लाग्न थाल्छ अमूल्य ।
दोलखा, हाल : भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण