आईपीएल २०२४ धोनीको अन्तिम सिजन हुने ?
चेन्नई । आईपीएलको १७ औँ सिजन सुरु हुन अझै तीन महिना बाँकी छ । चेन्नई सुपर किंग्स (सीएसके) का कप्तान र विश्वका महान् खेलाडी मध्ये एक महेन्द्रसिंह धोनी आफ्ना सबै सिजन खेल्ने थोरै खेलाडी मध्ये एक हुन्।
तर, पछिल्ला केही सिजनदेखि आईपीएलको कुनै विशेष सिजन धोनीको अन्तिम हुने हो कि भनेर धेरै चर्चा भइरहेको छ । यो प्रश्न यसपटक पनि उठिरहेको छ । शनिबार, उही प्रश्न सीएसकेका सीईओ कासी विश्वनाथनलाई सोधिएको थियो।
अङ्ग्रेजी दैनिक इन्डियन एक्सप्रेसका अनुसार चेन्नईमा जुनियर सीएसके कार्यक्रमको सुरुवातको क्रममा उनले भने, ‘मलाई यो थाहा छैन। हेर्नुहोस्, जहाँसम्म कप्तानको सवाल छ, उहाँले तपाईंलाई सीधा जवाफ दिनुहुनेछ। उहाँले के गर्न जाँदै हुनुहुन्छ भनेर हामीलाई भन्नुहुँदैन।’
घुँडाको शल्यक्रियापछि धोनीको फिटनेसबारे सीईओ विश्वनाथनले भने, ‘उहाँ अहिले राम्रो गरिरहनुभएको छ । उहाँले आफ्नो पुनर्वास सुरु गरिसक्नुभएको छ । उहाँले जिममा कसरत गर्न थाल्नुभएको छ । हुनसक्छ अबको १० दिनमा उहाँले नेटमा पनि प्रशिक्षण गर्न थाल्नुहुनेछ ।”
आईपीएल २०२३ ट्रफीमा आफ्नो टोलीको नेतृत्व गरेपछि धोनीले छ महिना अघि जुनमा मुम्बईको एक अस्पतालमा आफ्नो बायाँ घुँडाको शल्यक्रिया गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण