आईपीएल २०२४ धोनीको अन्तिम सिजन हुने ?

चेन्नई । आईपीएलको १७ औँ सिजन सुरु हुन अझै तीन महिना बाँकी छ । चेन्नई सुपर किंग्स (सीएसके) का कप्तान र विश्वका महान् खेलाडी मध्ये एक महेन्द्रसिंह धोनी आफ्ना सबै सिजन खेल्ने थोरै खेलाडी मध्ये एक हुन्।
तर, पछिल्ला केही सिजनदेखि आईपीएलको कुनै विशेष सिजन धोनीको अन्तिम हुने हो कि भनेर धेरै चर्चा भइरहेको छ । यो प्रश्न यसपटक पनि उठिरहेको छ । शनिबार, उही प्रश्न सीएसकेका सीईओ कासी विश्वनाथनलाई सोधिएको थियो।
अङ्ग्रेजी दैनिक इन्डियन एक्सप्रेसका अनुसार चेन्नईमा जुनियर सीएसके कार्यक्रमको सुरुवातको क्रममा उनले भने, ‘मलाई यो थाहा छैन। हेर्नुहोस्, जहाँसम्म कप्तानको सवाल छ, उहाँले तपाईंलाई सीधा जवाफ दिनुहुनेछ। उहाँले के गर्न जाँदै हुनुहुन्छ भनेर हामीलाई भन्नुहुँदैन।’
घुँडाको शल्यक्रियापछि धोनीको फिटनेसबारे सीईओ विश्वनाथनले भने, ‘उहाँ अहिले राम्रो गरिरहनुभएको छ । उहाँले आफ्नो पुनर्वास सुरु गरिसक्नुभएको छ । उहाँले जिममा कसरत गर्न थाल्नुभएको छ । हुनसक्छ अबको १० दिनमा उहाँले नेटमा पनि प्रशिक्षण गर्न थाल्नुहुनेछ ।”
आईपीएल २०२३ ट्रफीमा आफ्नो टोलीको नेतृत्व गरेपछि धोनीले छ महिना अघि जुनमा मुम्बईको एक अस्पतालमा आफ्नो बायाँ घुँडाको शल्यक्रिया गराएका थिए ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते