‘सालार’ले दुई दिनमा कमायो २८५ करोड
मुम्बई । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सालार’ रिलिजको दोस्रो दिन पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । ओपनिङ दिन भारतीय बक्स अफिसमा ९० करोड ७० लाख कमाएको फिल्मले दोस्रो दिन ५५ करोड कमाएको छ । फिल्मको आम्दानी अहिलेसम्म भारतमा मात्र १४५ करोड ७० लाख भएको छ ।
ट्रेड एक्सपटको भनाई मान्ने हो भने फिल्मले ग्लोबल मार्केटमा पहिलो दिन १७८.७ करोड र दोस्रो दिन १०६ करोड कलेक्सन गरेको छ । दुई दिनमा ‘सालार’ को ग्लोबल कलेक्सन २८५ करोड भएको छ ।
यो वर्षको सबैभन्दा बढी ओपनिङ बिजनेस गर्ने फिल्म पनि बनेको छ । फिल्मले पहिलो दिन १७८.७ करोड कमाएर यो रेकर्ड बनाएको थियो । फिल्मले भारतमा मात्र ९० करोड ७० लाखको ओपनिङ विजनेश गरेको छ ।
‘सालार’ प्रशान्त नीलले निर्देशन गरेका हुन् । होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई विजय किरणगादुरले निर्माण गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वी सुकुमारन, श्रुति हासन, मधु गुरु स्वामीको पनि महत्त्वपूर्ण भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण