५ महिनामा १ खर्ब ७० अर्ब भन्सार राजस्व उठ्यो
काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनामा १ खर्ब ७० अर्ब भन्सार राजस्व उठेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा कूल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको विदेशी माल वस्तुको आयात भएको छ ।
सोही अवधिमा यताबाट जम्मा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुन सकेको छ । आयात निर्यातको ब्यालेन्स हेर्दा चालु आर्थिक वर्षको ५ महिनामा सरकारलाई कूल ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ खुद घाटा लाग्न पुगेको छ । तथापि, अघिल्लो वर्षको तुलनामा यो कम हो ।
आयात निर्यातबाट सरकारले ५ महिनामा कूल १ खर्ब ७० अर्ब ९८ करोड १२ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको हो । जुन कूल आयात–निर्यातको कूल परिमाणको २४.२४ प्रतिशतको हिस्सा हो । समीक्षा अवधिमा कूल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९९ हजार रुयैयाँ बराबरको वस्तु आयात तथा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण