विद्यालय शिक्षा विधेयकमा चाँडो टुंगो लगाइदिन शिक्षामन्त्रीको अनुरोध
काठमाडौँ । शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाइदिन अनुरोध गरेका छन् । संसद्को शिक्षा समितिको बैठकमा बोल्दै मन्त्री राईले विधेयकलाई चाँडो टुंगो लगाइदिन अनुरोध गरेका हुन्।
संसदमा दर्ता भएको लामो समयपछि दफावार छलफलका लागि समितिमा पेस भएको थियो । समितिमा आइतबार पहिलो पटक दफावार छलफल सुरू भएको छ । छलफलको क्रममा बोल्दै मन्त्री राईले चौतर्फी चासो र चिन्ताको विषय रहेको यो विधेयक समितिले चाँडो टुंगामा पुर्याइदिनुपर्ने बताएका हुन् ।
‘दफावार छलफल नियमित होस् भन्ने मेरो चाहना हो । त्यसमा समयको लागि मन्त्रालयले मिलाउँछ । मेरो चाहना चाँडो विधेयक टुंगोमा पुर्याइदिनु अनुरोध छ’ मन्त्री राईले भने ।
एउटा मन्त्रालय मात्र नभई सबैको चासो रहेकाले यसलाई चाँडो टुंगोमा पुर्याउनुपर्नुे उनले बताए ।
सरकारले २०७५ सालदेखि शिक्षा विधेयकको मस्यौदा बनाएको थियो । तर, सरकार फेरिँदै गर्दा विधेयक पनि परिवर्तन हुँदै आएको थियो । जसले गर्दा निकै ढिलाइका साथ विधेयक संसदमा पेस गरिएको मन्त्री राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण