सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समिति बैठक

विद्यालय शिक्षा विधेयकमा चाँडो टुंगो लगाइदिन शिक्षामन्त्रीको अनुरोध

आइतबार, ०८ पुस २०८०, १५ : १४
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाइदिन अनुरोध गरेका छन् । संसद्को शिक्षा समितिको बैठकमा बोल्दै मन्त्री राईले विधेयकलाई चाँडो टुंगो लगाइदिन अनुरोध गरेका हुन्। 

संसदमा दर्ता भएको लामो समयपछि दफावार छलफलका लागि समितिमा पेस भएको थियो । समितिमा आइतबार पहिलो पटक दफावार छलफल सुरू भएको छ । छलफलको क्रममा बोल्दै मन्त्री राईले चौतर्फी चासो र चिन्ताको विषय रहेको यो विधेयक समितिले चाँडो टुंगामा पुर्‍याइदिनुपर्ने बताएका हुन् । 

‘दफावार छलफल नियमित होस् भन्ने मेरो चाहना हो । त्यसमा समयको लागि मन्त्रालयले मिलाउँछ । मेरो चाहना चाँडो विधेयक टुंगोमा पुर्‍याइदिनु अनुरोध छ’ मन्त्री राईले भने ।

एउटा मन्त्रालय मात्र नभई सबैको चासो रहेकाले यसलाई चाँडो टुंगोमा पुर्याउनुपर्नुे उनले बताए । 

सरकारले २०७५ सालदेखि शिक्षा विधेयकको मस्यौदा बनाएको थियो । तर, सरकार फेरिँदै गर्दा विधेयक पनि परिवर्तन हुँदै आएको थियो । जसले गर्दा निकै ढिलाइका साथ विधेयक संसदमा पेस गरिएको मन्त्री राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप