फिल्म निर्देशन गर्दै विल्सन
काठमाडौँ । सानोपर्दाको सिरियलबाट अभिनय भित्रिएर ठुलो पर्दासम्म छाउन सफल कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले अब फिल्म निर्देशन गर्ने भएका छन् । ‘लाहुरे एण्ड दाउरे’ नामक फिल्मबाट उनी निर्देशनमा देखिन लागेका हुन् ।
फिल्मको मुख्य भूमिकामा दयाहाङ राईलाई अनुबन्धित गर्दै उनले फिल्म घोषणा गरेका हुन् । फिल्म उनकै कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुतीमा बन्न लागेको हो । फिल्मको मुख्य भूमिकामा बुद्धि तामाङसमेत रहने बताइन्छ ।
फिल्मका लागि अभिनेत्री र अन्य कलाकारहरु भने टुंगो लाग्न बाँकी छ । कमेडी र लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको निर्मातामा सरिना लामा (विल्सनकी श्रीमती) र डिबी राई छन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् ।
अर्को वर्षको साउन अन्तिम वा भदौ पहिलो साताबाट छायांकन थाल्ने तयारी गरिएको फिल्ममा अनमोल गुरुङको संगीत रहनेछ । फिल्मको छायांकन पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
-
२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
-
प्रदेशको उत्पादनलाई प्रोत्साहन : कर्मचारीहरूलाई लगाउन थाले ढाकाको पोसाक
-
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्काे निर्णय
-
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण