शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

थप दुई उद्योगको लाइन काटियो

आइतबार, ०८ पुस २०८०, १९ : २९
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो ।  

 प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र  लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ । बाँकी दुई उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । 

यसअघि प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट  र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । बिल भुक्तानी गर्न पटकपटक ताकेता भएपनि नतिरेपछि प्राधिकरणले उद्योगहरुको शुक्रबारदेखि लाइन काट्न सुरु गरेको हाे ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइनबापतको बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले उद्योगमाथि एक्सन सुरु गरेको हो । ऊर्जा मन्त्रालयका अनुसार ३० वटा कम्पनीले मात्रै गत असारसम्म २१ अर्ब ६ करोड रुपैयाँ तिर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप