रवि लामिछानेलाई खोया हान्नेलाई १० दिन हिरासतमा राखिने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । कास्की प्रहरीले लमजुङका सन्तोष रानाभाटलाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान थालेको जनाएको छ । तर लामिछानेले रानाभाटलाई कारबाही नगर्न भनेका थिए ।
डीएसपी श्रवणकुमार विकले लामिछानेसँगै ड्युटीमा रहेका प्रहरीमाथि समेत दुर्व्यवहार गरेका कारण हिरासतमा राखेर अनुसन्धान गर्न लागिएको बताएका छन् । ‘ड्युटीमा भएका प्रहरीलाई दुर्व्यवहार गरेको भन्ने छ । घटनाबारे अनुसन्धान गर्नुपर्ने भएकोले हिरासतमा राखिएको हो,’ उनले भने ।
शनिवार अमरसिंह चौरमा भएको सभामा बोलिरहेका लामिछानेतिर ताकेर उनले मकैको खोया प्रहार गरेका थिए । उक्त खोया फालेपछि लामिछानेले सबै खालका प्रहार सहन आफू तयार रहेको प्रतिक्रिया दिएका थिए । रानाभाट सामान्य परिवारको भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण