रवि लामिछानेलाई खोया हान्नेलाई १० दिन हिरासतमा राखिने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । कास्की प्रहरीले लमजुङका सन्तोष रानाभाटलाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान थालेको जनाएको छ । तर लामिछानेले रानाभाटलाई कारबाही नगर्न भनेका थिए ।
डीएसपी श्रवणकुमार विकले लामिछानेसँगै ड्युटीमा रहेका प्रहरीमाथि समेत दुर्व्यवहार गरेका कारण हिरासतमा राखेर अनुसन्धान गर्न लागिएको बताएका छन् । ‘ड्युटीमा भएका प्रहरीलाई दुर्व्यवहार गरेको भन्ने छ । घटनाबारे अनुसन्धान गर्नुपर्ने भएकोले हिरासतमा राखिएको हो,’ उनले भने ।
शनिवार अमरसिंह चौरमा भएको सभामा बोलिरहेका लामिछानेतिर ताकेर उनले मकैको खोया प्रहार गरेका थिए । उक्त खोया फालेपछि लामिछानेले सबै खालका प्रहार सहन आफू तयार रहेको प्रतिक्रिया दिएका थिए । रानाभाट सामान्य परिवारको भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
-
सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
-
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकार अग्रसर
-
नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण