ललितपुर । गत वर्षको असोजमा आएको बाढीले नख्खु खोला किनारमा बस्ने स्थानीयहरूको मानसपटलमा पारेको भय अझै पनि उस्तै छ । नख्खु खोलाले बगाएर ल्याएको माटो र रुखहरू अझै पनि खोला किनारमा असरल्ल छन् भने घरका तलामा बाढीको पानीको दाग अझै पनि छ ।
_eoz2CobT1Q.jpg)
“डर त लागि नै रहेको छ । पहिला जो जति मान्छे बस्थे उनीहरू फर्किएका छन् तर नयाँ कोही आएका छैनन् । हामीलाई पनि डर लागिरहेको छ । यो वर्ष पनि पानी बढ्ने भनेका छन् तटबन्ध केही बनेका छैनन् । अघिल्लो वर्ष पनि भाग्यले बाँचियो ।” नख्खु खोला किनारमा पसल गरेर बसेकी आशा श्रेष्ठले रातोपाटीलाई भनिन् ।
_v7mvB1mMLO.jpg)
ललितपुरबाट बग्ने नख्खु खोलाले गत वर्षको असोजमा किनारमा रहेका घर र संरचनामा ठुलो क्षति पुर्याउनुका साथै केही मानिसहरूलाई बगाएको समेत थियो । मनसुन सुरु भइसकेपछि यी क्षेत्रमा अझै पनि ती भग्नावशेष गत वर्षको ताण्डवको साक्षी बनेर बसेका छन् । यो वर्षको मनसुनमा सामान्य अवस्थामा भन्दा बढी पानी पर्ने भएपछि त्रासको माहौल अझ बढ्दो छ ।
_vmMpyyttTE.jpg)
“पोहोर त चारै तिरबाट भल आयो तर पनि हामीले समयमै उम्किन सक्यौँ र बच्यौँ । यो वर्ष झन् धेरै पानी पर्ने भनेको छ । के हुने हो खोइ,” श्रेष्ठले भनिन् । गत वर्षको पानीले मेडीसिटी पछाडि रहेको उनको पसल पुरै डुबाएको थियो ।
_1Y5W7H7qok.jpg)
_1Uq4prJuSU.jpg)
_8JpNK8OcjO.jpg)
_RgFvGc3l0X.jpg)
_yUHU13mGZU.jpg)
_dFxt9JOTaA.jpg)
_88rqMbQTa3.jpg)
_QUsj64xiak.jpg)
_jU6bcysBVR.jpg)
_qMayhfSjqr.jpg)
_4BoL20QK1d.jpg)
_cJtS5Me4Ag.jpg)
_2A8TIsBhVT.jpg)
_5349SlR8ys.jpg)
_uCMvk3aFBt.jpg)
_0kPCf8WcpT.jpg)
_uboaJqnEHh.jpg)
_ElH48aMdwI.jpg)
_HjIIapPpFM.jpg)
_sHCwDDThUS.jpg)
_rv1Urt4sc4.jpg)
_Plhlamyf3m.jpg)
_F2jEerCChA.jpg)
_9yqS3lTqpM.jpg)
_zu67BrCLfp.jpg)
_AeyHROootO.jpg)
_JtMqHIAywc.jpg)
प्रतिक्रिया