सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ५ बाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
गत सोमबार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले मिर्चैया नगरपालिका नम्बर५ स्थित खाली घरमा बसेका २० वर्षिय राहुल कुमार साह, २१ वर्षिय दिलीप कुमार साह र मिर्चैया नगरपालिका नम्बर २३ वर्षिय विशाल गिरीलाई शंका लागि जाँच गर्दा लागूऔषधसहित फेला पारेको हो।
प्रहरी टोलीले उनीहरूलाई नियन्त्रित अवस्थामा राखेर जाँच गर्दा ३ वटा कालो प्लास्टिकको पोकोमा लागूऔषध जस्तो देखिने ब्राउन सुगर तौल गर्दा ४५० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई मिर्चैया इलाका प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र कुमार पासवानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण