मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

सगरमाथा संवादको निष्कर्ष कार्यान्वयन गर्न कार्ययोजना तयार : वनमन्त्री

मङ्गलबार, ०३ असार २०८२, १५ : ३६
मङ्गलबार, ०३ असार २०८२

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले हालै सम्पन्न गरेको सगरमाथा संवाद कार्यक्रमको निष्कर्ष कार्यान्वयन गर्न सरकारले योजना तयार पारेको बताएका छन् । 

सहास नेपाल, युथ एलायन्स फर इन्भाइरोमेन्ट, किर्डाकलगायत संस्थाको आयोजनामा मंगलबार सम्पन्न पोस्ट–सगरमाथा संवाद कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले सबै सरोकारवालाको समन्वयमा ‘२५ बुँदे सगरमाथा संवाद घोषणापत्र’ कार्यान्वयनमा गइरहेको दाबी गरे । 

उनले भने, 'जलवायु परिवर्तनबाट सबैभन्दा बढी असर नेपालमा परेको छ । विशेष गरी महिला, बालबालिका, आदिवासी, दलित र सीमान्तकृत समुदाय प्रभावित छन् ।’ 

सगरमाथा संवादमार्फत ती समुदायको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सफल भएको बताउँदै उनले भने,'सगरमाथा संवाद कार्यक्रम जलवायु परिवर्तनको क्षेत्रमा कोशे ढुङ्गा सावित भएको छ ।’ 

सगरमाथा संवादमा उठेका विषयहरू कार्यान्वयनमा आउन थालेपछि सो कार्यक्रमको सार्थकता देखिन थालेको बताउँदै उनले जलवायु परिवर्तनप्रति विश्वको ध्यानाकर्षण गर्न सफल भएको बताए । 

प्रतिनिधिसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा ठाकुरप्रसाद गैरेले नेपालले सगरमाथा संवादमार्फत हिमाली क्षेत्रमाथि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउन सफल भएको बताए । उनले भने, “पहाडदेखि समुद्रसम्म जलवायु असरविरुद्ध लड्ने सन्देश सगरमाथा संवादले दिएको छ ।’ 

सहास नेपालका कार्यकारी निर्देशक डा. सुरेन्द्रकुमार श्रेष्ठले सगरमाथा संवादको निष्कर्षलाई सरकारको नीति निर्माणमा समेट्ने र साझा धारणा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप