सगरमाथा संवादको निष्कर्ष कार्यान्वयन गर्न कार्ययोजना तयार : वनमन्त्री
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले हालै सम्पन्न गरेको सगरमाथा संवाद कार्यक्रमको निष्कर्ष कार्यान्वयन गर्न सरकारले योजना तयार पारेको बताएका छन् ।
सहास नेपाल, युथ एलायन्स फर इन्भाइरोमेन्ट, किर्डाकलगायत संस्थाको आयोजनामा मंगलबार सम्पन्न पोस्ट–सगरमाथा संवाद कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले सबै सरोकारवालाको समन्वयमा ‘२५ बुँदे सगरमाथा संवाद घोषणापत्र’ कार्यान्वयनमा गइरहेको दाबी गरे ।
उनले भने, 'जलवायु परिवर्तनबाट सबैभन्दा बढी असर नेपालमा परेको छ । विशेष गरी महिला, बालबालिका, आदिवासी, दलित र सीमान्तकृत समुदाय प्रभावित छन् ।’
सगरमाथा संवादमार्फत ती समुदायको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सफल भएको बताउँदै उनले भने,'सगरमाथा संवाद कार्यक्रम जलवायु परिवर्तनको क्षेत्रमा कोशे ढुङ्गा सावित भएको छ ।’
सगरमाथा संवादमा उठेका विषयहरू कार्यान्वयनमा आउन थालेपछि सो कार्यक्रमको सार्थकता देखिन थालेको बताउँदै उनले जलवायु परिवर्तनप्रति विश्वको ध्यानाकर्षण गर्न सफल भएको बताए ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा ठाकुरप्रसाद गैरेले नेपालले सगरमाथा संवादमार्फत हिमाली क्षेत्रमाथि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय जगतलाई ध्यानाकर्षण गराउन सफल भएको बताए । उनले भने, “पहाडदेखि समुद्रसम्म जलवायु असरविरुद्ध लड्ने सन्देश सगरमाथा संवादले दिएको छ ।’
सहास नेपालका कार्यकारी निर्देशक डा. सुरेन्द्रकुमार श्रेष्ठले सगरमाथा संवादको निष्कर्षलाई सरकारको नीति निर्माणमा समेट्ने र साझा धारणा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण