राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्यले अन्याय गरेपनि अदालतले न्याय दिएको बताएका छन् । मंगलबार तीन लाख धरौटी बुझाएर रिहाभएपछि उनले यस्ताे प्रतिक्रिया दिएका हुन् । राज्यले दोषी करार गर्न विभिन्न आरोप लगाउनु दु:खद रहेको समेत उनले बताए ।
आज काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाे थियाे ।
मिश्र मंगलबार नै बयानका लागि अदालत हाजिर भएका थिए । मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्र, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो ।
गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री शवलशमशेर राणा पनि सोमबार तीन लाख धरौटीमा रिहा भएका थिए । सोही घटनामा संलग्न दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण