राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्यले अन्याय गरेपनि अदालतले न्याय दिएको बताएका छन् । मंगलबार तीन लाख धरौटी बुझाएर रिहाभएपछि उनले यस्ताे प्रतिक्रिया दिएका हुन् । राज्यले दोषी करार गर्न विभिन्न आरोप लगाउनु दु:खद रहेको समेत उनले बताए ।
आज काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाे थियाे ।
मिश्र मंगलबार नै बयानका लागि अदालत हाजिर भएका थिए । मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्र, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो ।
गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री शवलशमशेर राणा पनि सोमबार तीन लाख धरौटीमा रिहा भएका थिए । सोही घटनामा संलग्न दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ