कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
मङ्गलबार, ०३ असार २०८२, १९ : ५५
धनगढी । कैलाली जिल्ला कारागारमा थुनामा रहेका कैदीबन्दीको मृत्यु भएको छ। डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीको सोमबार उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा निधन भएको कैलाली प्रहरीले जनाएको छ।
बैङ्किङ कसुरमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पाली असार २ गते बिहान अचानक बिरामी परेका थिए। उनलाई तत्कालै उपचारका लागि अस्पताल पुर्याइएको भए पनि ज्यान जोगाउन सकिएको थिएन।
कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता राजकुमार सिंहका अनुसार पालीलाई असार २ गते बिहान ११ बजे अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण