ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु
मङ्गलबार, ०३ असार २०८२, १६ : ५५
सारांश
- महाकाली नगरपालिका-६ मा ढुङ्गा लागेर घाइते भएका प्रहरी जवान दीपेन्द्र पालको उपचारको क्रममा मृत्यु भएको छ।
- आज बिहान खर काट्न गएको बेला टाउकोमा ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए।
- जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा उनको मृत्यु भएको हो र उनी केही दिनअघि मात्र बिदामा घर आएका थिए।
दार्चुला । महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।
आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।
स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु-याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण