ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु
मङ्गलबार, ०३ असार २०८२, १६ : ५५

समाचार सारांश
- महाकाली नगरपालिका-६ मा ढुङ्गा लागेर घाइते भएका प्रहरी जवान दीपेन्द्र पालको उपचारको क्रममा मृत्यु भएको छ।
- आज बिहान खर काट्न गएको बेला टाउकोमा ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए।
- जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा उनको मृत्यु भएको हो र उनी केही दिनअघि मात्र बिदामा घर आएका थिए।
दार्चुला । महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।
आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।
स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु-याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए ।