फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
मङ्गलबार, ०३ असार २०८२, १९ : ५८

काठमाडौँ । काठमाडौँको फर्पिङबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाबाट टाटा सुमो चढेर काठमाडौँ तर्फ आउँदै गरेका उनीहरू फर्पिङ चेकपोस्टबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९ घर भएका २९ वर्षीय राज किशोर सहनी र गौर नगरपालिका घर भएका २८ वर्षीय सुखारिस सहनी छन् ।
आरोपीहरूको साथबाट २ हजार ९३० एम्पुल फेनारगन, नुर्फिन, डाइजेपाम र बुप्रेनोर्फिन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
आरोपीहरू विरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित