फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
मङ्गलबार, ०३ असार २०८२, १९ : ५८
काठमाडौँ । काठमाडौँको फर्पिङबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाबाट टाटा सुमो चढेर काठमाडौँ तर्फ आउँदै गरेका उनीहरू फर्पिङ चेकपोस्टबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९ घर भएका २९ वर्षीय राज किशोर सहनी र गौर नगरपालिका घर भएका २८ वर्षीय सुखारिस सहनी छन् ।
आरोपीहरूको साथबाट २ हजार ९३० एम्पुल फेनारगन, नुर्फिन, डाइजेपाम र बुप्रेनोर्फिन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
आरोपीहरू विरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण