बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउँछ : मन्त्री बस्नेत

आइतबार, ०८ पुस २०८०, २३ : २४
आइतबार, ०८ पुस २०८०

अन्नपूर्ण । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउने बताएका छन् ।

पोखरामा आज आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा उनले सार्वजनिक गरिएको सर्वेक्षणका आधारमा तीन तहको सरकार सहकार्य गरेर अघि बढ्ने बताएका हुन् । “सङ्घीयतापछि पनि काम गर्न काठमाडौँ धाउनुपर्ने अवस्था छ”, मन्त्री बस्नेतले भने, “त्यसैले तीनै तहको सहकार्यमा अघि बढौँ भनेर यो कार्यक्रम अघि सारिएको हो ।”

मन्त्री बस्नेतले आवश्यकताका आधारमा छिट्टै स्थानीय तहलाई छात्रवृत्ति करारका डाक्टर र स्वास्थ्य सामग्री पठाउने बताए । सोही अवसरमा दुर्गम गाउँको मागअनुसार नयाँ दरबन्दी सिर्जनाका लागि तयारी गरिरहेको उनले सुनाए ।

कार्यक्रममा मन्त्री बस्नेतले औधषीको अनुगमनका लागि मन्त्रालय कडा रूपमा लागिपरेको बताए । “औषधीको अनुगमनका लागि हामी कडा रूपमा अघि बढेका छौँ,” मन्त्री बस्नेतले भने “म आएपछि काठमाडौँमा अनुमगन गरेको कोही दर्ता नभएको कोही नवीकरण नगरेको, फर्मासिस्ट नभएको भटियो ।” अनुगमनपछि विस्तारै सुधार हुँदै आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप