शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा जुवातास खेलिरहेका ९ जना पक्राउ

सोमबार, ०९ पुस २०८०, १६ : ४२
सोमबार, ०९ पुस २०८०

सुनसरी । धरानमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय ५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप