मान्छेसँग टूथब्रशभन्दा मोबाइल बढी
काठमाडौँ । आजभोलि बैंकिङदेखि बीमासम्म र कुराकानी गर्नदेखि मेल गर्नसम्म सबै काम मोबाइलमै हुन्छ । हरेकलाई आफ्नो फोनसँग माया छ र यो जीवनको अभिन्न हिस्सा नै भइसकेको छ । तर तपाईँलाई मोबाइलसँग जोडिएको कयौँ कुरा थाहा नहुन पनि सक्छ ।
मोबाइल मार्केटिङ एशोसियशन एशियाका अनुसार संसारभरमा करिब ६ अर्ब ८० करोड मानिस छन् । ४ अर्ब २० करोड मानिसको हातमा अझै पनि दाँत माझ्ने ब्रस पुगेको छैन । तर ५ अर्ब १० करोड मान्छेको हातमा मोबाइल छ । अर्थात् मोबाइलको पहुँच टूथब्रशको तुलनामा ९० करोडभन्दा बढी छ ।
विश्वभरमा सबैभन्दा धेरै बिक्ने मोबाइल मोडल नोकिया ११०० हो । तर यो मोडल अहिले बन्द भइसकेको छ । विश्वभरमा यसका २५ करोड थान बिकेको छ । विश्वभर वाटरप्रुफ मोबाइलको पुहँच कम छ । जापान विश्वमा एक मात्रै यस्तो देश हो जहाँ ९० प्रतिशत जनसंख्याको हातमा वाटरप्रुफ मोबाइल छ । दुनियाँमा पहिलो टचस्क्रिन फोन सन् १९९३ मा बनाइएको थियो । यो फोनलाई बेलसाउथ सेलुलरले बनाएको थियो । आईबीएमले यसको डिजाइन तयार पारेको थियो । यो मोबाइललाई सिमोन नाम दिइएको थियो ।
स्मार्टफोन बनाउन एउटै मात्र तकनिकीको प्रयोग गरिँदैन । करिब २ लाख सानातिना स–साना पेंडेंट र तकनिकी जोडेर यसलाई बनाइन्छ । विश्वको पहिलो मोबाइल मोटोरोलाको डायना टीएसी ८०००एक्स थियो । यसलाई मोबाइल फोन निर्माता कम्पनी मोटोरोलाका वरिष्ठ कर्मचारी मार्टिन कूपरले सन् १९७४ को अप्रिल ३ मा बनाएका थिए । यसको तौल १.१ केजी थियो ।
मोबाइल फोन खास भन्ने हो भने कुराकानी गर्नका लागि बनाइएको हो । तर अहिले यसको सबैभन्दा धेरै प्रयोग चाँहि घडी हेर्न हुन्छ । मान्छेहरुमा मोबाइलको लत यस्तो भइसक्यो कि यो बिना एक क्षण पनि बस्न सक्दैनन् । ९० प्रतिशत युवाहरुले २४ सैं घन्टा आफ्नो साथमा मोबाइल फोन राख्छन् । यी मध्ये ४७ प्रतिशतले आफू मोबाइल फोनसँग बस्न नसक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण