आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
बालुवाटार बैठक

संक्रणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन मुख्य तीन दल सहमत

सोमबार, ०९ पुस २०८०, १९ : ४९
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच सदनमा छलफल गर्ने सहमत भएको हो ।

पीडितलाई केन्द्रमा राखेर विधेयकमाथि संसदमा छलफल गर्न बैठक महत्त्वपूर्ण भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । यो विधेयक अन्य विधेयकभन्दा फरक र गम्भीर विषय भएर संसदीय समितिमार्फत विलमाथि छलफल तीन दल सकारात्मक छलफल भएको उनले प्रतिक्रिया दिए ।

‘पीडितलाई न्याय दिनेगरी विधेयक आगामी हिउँदे अधिवेशनमा छलफल गर्न बैठक सकारात्मक भएको छ । द्वन्द्वकालमा अमानवीय तरिकाले मारिएका, दोहोरो भिडन्तमा मारिएका, बाल सैन्य र गम्भीर प्रकृतिको हिंसामा थप गम्भीर भएर छलफल गर्न आवश्यक छ । त्यस विषयमा निरन्तर छलफल हुन्छ’, उनले भने ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली लगायत मुख्य सचेतक लगायतका नेताहरू सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप