शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
दुर्घटना

कारको ठक्करले पोखरामा २ पैदल यात्रीको मृत्यु

मङ्गलबार, १० पुस २०८०, ०८ : ५२
मङ्गलबार, १० पुस २०८०

पोखरा । पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई आज बिहान ठक्कर दिएको हो । 

मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनापछि कार चालक फरार छन् । कार भने प्रहरीको नियन्त्रणमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप