एनसीएचएल र नेप्सबिच प्राप्ति गर्ने सम्बन्धमा समझदारी
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेप्स गाभ्ने भएको छ । १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित एनसीएचएल र नेप्सबिच गाभ्ने÷प्राप्ति सम्बन्धी प्रारम्भिक साझेदारी भएको हो ।
एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक सञ्जीव कुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमसिनाको उपस्थिति थियो ।
यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च पदाधीकारी र नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघका अध्यक्ष तथा र नेपाल वित्तीय संस्था संघका फस्ट उपाध्यक्ष लगायतका उपस्थिति समेत थियो । एनसीएचएल र नेप्स दुवै बैंक वित्तीय संस्थाहरूको प्रवर्द्धनमा नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समय देखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्थाहरु हुन् ।
विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको विद्युतीय भुक्तानीका क्षेत्र अघि बढाउनका लागि राष्ट्रिय भुक्तानी स्वीचको परियोजना अत्यावश्यक छ । साथै, नेपाल राष्ट्र बैंकले लिएको गाभ्ने-गाभिने वा प्राप्तिसँग सम्बन्धी नीतिअनुसार दुई संस्थाबिच गाभ्ने गाभिने सम्झौता भएको हो ।
यससँगै, एनसीएचएल र नेप्स प्राप्ति प्रक्रियाको माध्यमबाट दुवैको कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी अगाडि बढ्नु उपयुक्त विकल्पको रूपमा पनि देखा परेको छ । सोही अवधारणालाई मुर्तरुप दिन एनसीएचएल र नेप्सबिच प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक लिखित समझदारी भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण