तिमी प्रतिक्रन्तिकारी
म सर्वहारा
तिमी पुँजीपति
तिम्रो मेरो वर्ग फरक छ ।
म वामपन्थी
तिमी दक्षिणपन्थी
तिम्रो मेरो विचार फरक छ ।
म जनवादी
तिमी पुँजीवादी
तिम्रो मेरो क्रान्ति फरक छ ।
म नेपालीमा
तिमी अङ्ग्रेजीमा
तिम्रो मेरो भाषा फरक छ ।
म सामुदायिक
तिमी निजी
तिम्रो मेरो शिक्षा फरक छ ।
म क्रान्तिकारी
तिमी प्रतिक्रन्तिकारी
तिम्रो मेरो बाटो फरक छ ।
म समाजवादी
तिमी पुँजीवादी
तिम्रो मेरो यात्रा फरक छ ।
म किसान
तिमी उद्योगी
तिम्रो मेरो परिवार फरक
म श्रमलाई
तिमी भगवानलाई
तिम्रो मेरो सम्मान फरक छ ।
म नास्तिक
तिमी आस्तिक
तिम्रो मेरो सोच फरक छ ।
म मानवमा
तिमी ईश्वरमा
तिम्रो मेरो विश्वास फरक छ
म अछूत
तिमी छूत
तिम्रो मेरो जात फरक छ ।
म पाठशाला
तिमी धर्मशाला
तिम्रो मेरो चाहना फरक छ ।
म झुपडी
तिमी महल
तिम्रो मेरो घर फरक छ ।
म सडकको
तिमी सत्ताको
तिम्रो मेरो हैसियत फरक छ ।
म गाउँले
तिमी सहरिया
तिम्रो मेरो रहनसहन फरक
म देशलाई
तिमी विदेशलाई
तिमीले मैले गर्ने माया फरक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण