चैत्रभित्र दुध किसानको बक्यौता रकम भुक्तानी हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरूको बक्यौता रकम भुक्तानी हुने बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताएका हुन् ।
उनले भने, ‘कृषिमा राज्यको लगानी घटेको छैन । तर, उत्पादकत्व बढेको पनि छैन । सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्ष भित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणको आधारमा अनुदान तथा वितरण गर्न सुरु गरिँदैछ । प्रमुख खाद्यान्न तथा तरकारीमा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ । दुध किसानहरूको बाँकी बक्यौता २०८० चैत्रभित्र भुक्तानी हुँदैछ । तर यी सुधारले मात्रै कृषि क्षेत्रमा हामीले फड्को मारिहाल्ने अवस्था छैन । कृषिमा अब परम्परागत ढंगले सोचेर पुग्ने अवस्था छैन । खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१ देखि २०९१ नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी छ ।’
प्रधानमन्त्री दाहालले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण