सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवास पार्टी कार्यालयमा माओको सम्झना

मङ्गलबार, १० पुस २०८०, १८ : १४
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रवास कमिटीले माओ जयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार माओ जयन्तीको अवसरमा कुपण्डोलस्थित पार्टी कार्यालयमा प्रवास कमिटीले अन्तरक्रिया गरेको हो । 

कमिटीका अध्यक्ष ओम शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले माओको दर्शन, सिद्धान्त र क्रान्तिमा महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले माओवादीले नै माओलाई बिर्सेकोमा चिन्ता व्यक्त गरे । 

उक्त कार्यक्रममा चीनमा उच्च शिक्षा अध्ययन गरी फर्केका मुक्ति मरासिनीले चीनको विकासमा माओको योगदानको चर्चा गर्दै त्यहाँ बस्दाका अनुभवहरु प्रस्तुत गरे । कार्यक्रममा आजको अर्थ डट कमका सम्पादक कमलेश डि.सी.ले माओको विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेको बताए । उक्त अवसरमा माओवादी नेता टि.बि. पाठक, मनऋषि धिताल, दीपक साउद, रबिन्द्र  साउद लगायतले माओको योगदानको बारेमा प्रकाश पारेका थिए ।   

चीनमा क्रान्तिको सफल प्रयोग गरेका माओलाई विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरुले आदर्श मान्दै आएका छन् । उनका सिद्धान्तहरुलाई माओवादका रुपमा नेपाल लगायत अन्य मुलुकका कम्युनिस्ट पार्टीहरुले स्वीकार गदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप