प्रवास पार्टी कार्यालयमा माओको सम्झना
काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रवास कमिटीले माओ जयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार माओ जयन्तीको अवसरमा कुपण्डोलस्थित पार्टी कार्यालयमा प्रवास कमिटीले अन्तरक्रिया गरेको हो ।
कमिटीका अध्यक्ष ओम शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले माओको दर्शन, सिद्धान्त र क्रान्तिमा महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले माओवादीले नै माओलाई बिर्सेकोमा चिन्ता व्यक्त गरे ।
उक्त कार्यक्रममा चीनमा उच्च शिक्षा अध्ययन गरी फर्केका मुक्ति मरासिनीले चीनको विकासमा माओको योगदानको चर्चा गर्दै त्यहाँ बस्दाका अनुभवहरु प्रस्तुत गरे । कार्यक्रममा आजको अर्थ डट कमका सम्पादक कमलेश डि.सी.ले माओको विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेको बताए । उक्त अवसरमा माओवादी नेता टि.बि. पाठक, मनऋषि धिताल, दीपक साउद, रबिन्द्र साउद लगायतले माओको योगदानको बारेमा प्रकाश पारेका थिए ।
चीनमा क्रान्तिको सफल प्रयोग गरेका माओलाई विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरुले आदर्श मान्दै आएका छन् । उनका सिद्धान्तहरुलाई माओवादका रुपमा नेपाल लगायत अन्य मुलुकका कम्युनिस्ट पार्टीहरुले स्वीकार गदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण