आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा प्रथम राष्ट्रिय एमजी कप ब्याडमिन्टन

मङ्गलबार, १० पुस २०८०, २० : ५७
मङ्गलबार, १० पुस २०८०

बुटवल । प्रथम एमजी कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबार रुपन्देहीमा सम्पन्न भएको छ ।

प्रतियोगितामा मेन्स डबल खुल्लातर्फ बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीले उपाधिमा कब्जा जमाउन सफल भयो । द्वितीय स्थानमा लाफा ब्याडमिन्टनका तर्फबाट विवेक न्यौपाने र मनोज फौजदार भएका छन् । 

विजेता टिमले प्रथम पुरस्कार नगद ४० हजार तथा कप मेडल र द्वितीयले २५ हजार तथा कप मेडल प्राप्त गरे । 

भेट्रानतर्फ काठमाडौँ कालीका क्लबका राम केसी र इन्द्र महताले उपाधि चुम्न सफल भए ।  

सो अवसरमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दे बुटवल भौतिक विकास मात्र नभई खेलकुद रूपमा पनि चिनाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप