दोबाटोमा पुगेको यात्रा
हामी मिलेर अब लामो यात्रा सम्भव छैन
समयले बोलायो मलाई
समयप्रति म कोमलता महसुस हुन थालेको छ
तिमी धेरै कच्चा र अपरिचित देखेँ
मेरो यौवन छँदाको दिनको सम्झना जस्तै
यता कतै खस्यो कि–
हिरोसिमामा बम खस्दा
बुढी आमाले छोराको लास खोज्दै
भौँतारिइन् यताउता
म पनि कति खोजी रहुँ र तिमीलाई ।
मेरो प्रेम उद्देश्यमा मूर्खता थियो कि
समयको छनोटमा म भने कञ्चन थिएँ
समयको तीव्रतामा कहिल्यै भेटिन शीतल छहारी
पहिले नै धागो चुँडिए जस्तो
कौरवको सभामा
द्रौपदीले जस्तो न्याय पनि पाउँदिन होला
सम्झिन्छु निर्मला पन्तको समयलाई
र, सुकेको रूखको आडमा गोडाहरू पनि भेट्दिनँ
वाचा गर्न नसकिने धेरै भइसकेको छ–
तिम्रो समय यति डरलाग्दो
हिंस्रक देख्छु गुफाबाट निस्केको शेर जस्तै
म ओडारमा गुजारा चलाउने मानिस
तिम्रो क्रुरतामा कसरी बाँचुला ?
मेरा खुट्टा होसियारीसाथ हिँड्छन्
यो माटो मैले गुमाउनेछु
अबको दोबाटोमा मेरो बाटो म नै बनाउनेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण