तीन पटकको आवधिक योजनाले पुर्याउन सकेन ५० प्रतिशत सिँचाई सुविधा
काठमाडौँ । पछिल्लो आवधिक योजनाले लक्ष्य बमोजिम खेतीयोग्य जमिनको ५० प्रतिशत क्षेत्रफलमा सिँचाई सुविधा पुर्याउन सकेको छैन । राष्ट्रिय योजना आयोगको १५ औँ आवधिक योजनाले खेतीयोग्य जमिनको ५० प्रतिशत क्षेत्रमा वर्षभर सिँचाई सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको थियो । तर वर्तमान अवस्था कुल सिञ्चित क्षेत्रमध्ये करिब एक तिहाइ भू–भागमा मात्रै वर्षभर सिँचाई सुविधा पुगेको कृषि अभियन्ता अध्यक्ष उद्धव अधिकारीले बताए ।
कुल ३० लाख ९१ हजार हेक्टर खेती गरिएको जमिनमध्ये एक एक तिहाइ क्षेत्रफलमा मात्रै सिँचाई सुविधा पुगेको हो । १५ औँ आवधिक योजना ३ लाख हेक्टर सिँचाई थप गरी १७ लाख ११ हजार हेक्टर जमिनमा सिँचाई पुर्याउने अर्थात ५० प्रतिशत क्षेत्रमा वर्षैभरि सिँचाई सुविधा उपलब्ध हुने लक्ष्य लिइएको थियो । तर वर्तमान अवस्था कुल सिञ्चित क्षेत्रमध्ये करिब एक तिहाइ भू–भागमा मात्रै वर्षभर सिँचाई सुविधा पुगेको कृषि अभियन्ता अध्यक्ष उद्धव अधिकारीले बताए । नेपालभर खेतीयोग्य जमिनको १७ लाख ६६ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्याउन सक्ने क्षमता छ ।
उनका अनुसार १३ औँ आवधिक योजनामा १४ लाख ८७ हजार २ सय ७५ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्याउने लक्ष्य राखिएको थियो तर १३ लाख ९२ हेक्टर क्षेत्रफलमा मात्रै उपलब्धि भएको छ । यस्तै १४ औँ आवधिक योजनामा कुल १५ लाख ५२ हजार हेक्टरमा सिँचाई सुविधा पुर्याउने लक्ष्य थियो तर उपलब्धि भने १४ लाख ११ हजार हेक्टरमा मात्रै देखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण