दूतावास नजिक भएको विस्फोटलाई इजरायलले भन्यो ‘सम्भावित आतंकवादी हमला’, ट्राभल एडभाइजरी जारी
नयाँ दिल्ली । इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । काउन्सिलले नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिक मंगलबार भएको विस्फोट ‘आतंकवादी हमला’ हुन सक्ने आशङ्का व्यक्त गरेको हो ।
नयाँ दिल्लीको चाणक्यपुरीस्थित इजरायली दूतावास नजिकै विस्फोट भएको थियो, जसमा कोही पनि घाइते भएनन्। इजरायली दूतावासका प्रवक्ता गाय नीरले भने, ‘मङ्गलबार साँझ ५ः४८ बजे दूतावास नजिकै विस्फोट भएको थियो । दिल्ली पुलिस र सुरक्षा टोलीहरूले अझै पनि यसको अनुसन्धान गरिरहेका छन्।’
यसपछि मङ्गलबार इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले एक एडभाइजरी जारी गर्दै यस्ता घटना फेरि दोहोरिने सम्भावना व्यक्त गरेको छ । काउन्सिलले इजरायली नागरिकहरूलाई भीडभाड हुने ठाउँहरू (मल्ल र बजारहरू) र विदेशीहरू, इजरायलीहरू र यहूदीहरूको भ्रमण गर्ने ठाउँहरू मानिने ठाउँहरूमा नजान चेतावनी दिएको छ।
इजरायली नागरिकहरूलाई सार्वजनिक स्थानहरूमा (रेस्टुरेन्ट, होटल, पब) सतर्क रहन अपिल गरिएको छ। दिइएका सुझावहरूमा इजरायली प्रतीकहरू खुला रूपमा नदेखाउन, आफ्नो पहिचान नखुलाउन, असुरक्षित कार्यक्रममा नजान र सामाजिक सञ्जालमा आफ्ना यात्रा योजनाहरू आदान-प्रदान नगर्न पनि भनिएको छ। ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण